 
                                                    "रङ्गिन मन छ"- Colors
- 
                                                
                                                                                                
- 0 Share
- 1289 Views
मलाई त्यो डर लाग्दाे कालो छायाले रङ्गिन हैन,
उज्यालो सुर्यको किरणमा रङ्गिन मन छ ।
हो त्यो रातो रगतको थोपा थोपामा रङ्गिन हैन,
आफ्नो मेहनतको पसिनाम रङ्गिन मन छ ।
मलाई त्यो तुच्छ नकारात्मक सोचमा रङ्गिन हैन,
सकारात्मक भावनामा रङ्गिन मन छ ।
हो त्यो घिनलाग्दो हातले जुठो बनाएर रङ्गिन हैन,
आमाबाबुको न्यानो अङ्गालोमा रङ्गिन मन छ ।
मलाई त्यो खाडि मुलुकमा इज्जत फ्यालेर रङ्गिन हैन,
आफ्नै देशको जमिनको माटाेमा रङ्गिन मन छ ।
(हो त्यो गैइगुज्रेकाे समाज भएको देशमा रङ्गिन हैन,
उत्रिण नयाँ देश नेपालको संरचनामा रङ्गिन मन छ ।)2
Please 
