के हो बा,यो "एक्चुअरी"?
-
- 1 Share
- 1531 Views
बसमा खाली सिट पाउनु,अहो! त्यो नि झ्यालपटिको,म सारै दङ्ग परेँ। गदगद भएर बस्न नपाउँदै एकजना सुकसुकाउँदा वृद्ध बुवा म नजिकको सिटमा बसेर सहयात्री बन्नुभो।बेलुकिको गाडिको चाप,धुँवाधुलो,कोलाहल,दिनभरको थकान उफ! उकुसमुकुस भएर आउने। तर सहयात्री बुवा निकै मिजासिलो र हँसिलो देखिनु हुन्थ्यो,टाइम कटनी सजिलै होला भन्ने नख काटेँ।
"हेलो जेन्टलम्यान! कहाँसम्म हिड्यौ?",मधुमुस्कानका साथ बुवाले बिन्दास पारामा वार्ताको उद्घाटन गर्नुभयो।मैले एयरपोर्टसम्म हो बुवा भनी उहाँको गन्तव्यको बारेमा सोधेँ। बा,म त चक्रपथसम्म,उहाँको उत्तर थियो। आफूभन्दा सानालाई मायाले कसैले "बा" भनेर सम्बोधन गर्दा मलाई खुब रमाईलो लाग्यो। बुवा अनि यत्तिका उमेरमा लोकल बसमा हिँडन वाक्दिक लाग्दैन,भनि फेरि मेरो प्रश्न तेर्सियो।बा,सुन मेरा घरमा दुईवटा मोटर छ्न तर कहिलेकाही नि मलाई तिमिजस्तै उमेरछँदाका सम्झनाहरु ब्युँतिएर औडाहा भएर आउँछ।ती फूर्तिला दिनहरुमा संसार नै डुलियो लोकल बसमै त्यसैले तिनै अनुभूति ताजा पार्न कहिलेकाही सयर गर्छु।बुवाका घतलाग्दा कुरा सुन्दा मलाई मज्जा लागिरहेको थियो।
बुवाका बारेमा धेरै बात मारेसी बुवाले मेरो बारेमा सोधपुछ गर्न थाल्नुभो। बा,तिमी के गर्छौ भनी सोध्नु भयो। म विद्यार्थी हुँ बुवा, " एक्चुअरियल साइन्स" पढ्दै छु अझ सजिलोगरी भनौँ भने "एक्चुअरी" मैल जवाफ दिएँ। लौ! कता कता गाइँगुइँ त सुन्या थिएं।के हो बा,यो "एक्चुअरी"? उहाँले अचम्म मानेर सोध्नुभो। अझै थप्नुभो बा, यतिका उमेर भयो नानाथरिका विषयका बारेमा सुनियो तर तिम्ले पढ्ने के हो? "डाक्टर जस्तै हो कि","मुन्सी/खजन्ची हुने होकि","न इन्जिनियर ,सी.ए. हो" केहो बा यस्तो?
खित्को छोड्दै मैले भने,सजिलो भाषामा भन्दा "कुनै पनि संस्था,वित्तिय संयन्त्रको जोखिम व्यवस्थापन लगायत विभिन्न मुल्यांकन गर्ने विधा नै 'एक्चुअरीयल साइन्स' हो"।यसलाई बीमांकिय मूल्याङ्कनसँग बढी जोडिन्छ तथापि विभिन्न सरकारी संयन्त्र,बैँक तथा वित्तीय संस्था,पेन्सन कोष जस्ता महत्त्वपूर्ण क्षेत्रमा यस्को आवश्यकता अपरिहार्य छ।मूलत उपलब्ध तथ्यांक र आँकडाहरुलाई वैज्ञानिक तरिकाले सुक्ष्म विश्लेषण र गहन अध्ययन गरेर सम्भावित जोखिम व्यवस्थापन ,बीमालेख तयार पार्न, बीमाशुल्क निर्धारण गर्न, बीमा दाबी पर्न सक्ने संख्याको पूर्वानुमान, संस्थाको सम्पत्ति तथा दायित्वको अवस्थाको मूल्याङ्कन र अरु विभिन्न किसिमका महत्त्वपूर्ण मूल्याङ्कन गर्ने कर्तव्य एउटा एक्चुअरीको हुन्छ। बुवा दृष्टान्तका लागि,हामी जनसाधारण मान्छेलगायत ठूल्ठूला व्यवसायी,हामी बिराम पर्दा सेवा दिने व्यक्ति हुन् या भौतिक संरचना को नक्सा कोर्ने व्यक्ति हुन्,एक शिक्षक या एक बैंकर हामी सबै भविष्यमा आईलाग्ने भवितव्यबाट जोगिन बीमा गर्छौ हैन त!हो.... यिनै सम्भावित भवितव्य पर्दा जोखिम बेहोर्दिने काम बीमा कम्पनिले गर्छ्न भने एउटा एक्चुअरीले तिनै बीमा कम्पनीको समेत जोखिम व्यवस्थापन गर्नु पर्ने हुन्छ।
बा,तिम्रा कुरा सुन्दा त साँच्चै नै बहुतै जिम्मेवारीपूर्ण पेशा रहेछ एक एक्चुअरीको! अलि निधार खुम्च्याउदै सटायर मारेझै बुवाले थप्नु भयो खै बा,यस्तो नौलो विषय पढेसी जागिरको ग्यारेन्टी र आमद कस्तो न होला र! मैले मुस्कुराउँदै बुवालाई सोधेँ,बुवा च्याउ खानु भा'छ? बा,२/४ वर्ष भो भर्खर थालेको,सबै थोक चाखियो तर सानैदेखि च्याउ चाख्दा जात जाने भ्रम अनि हेर्दै सेतो प्यात्त परेको, पक्कै बेस्वादिलो होला भन्ने आँकलन गरेर यतिका वर्ष खाथिन। अनि मीठो लाग्यो त बुवालाई,मैले सोधेँ। बा, तिहुन तरकारीको राजा र'छ राजा! यस्तो 'अचाक्ली' स्वादिलो अनि पोषिलो होला भन्ने सोचेकै थिइन।
ठट्यौली पारामा मैले लेग्रो तान्दै थपेँ, हो! बुवा अनि यत्तिकै नख काटेको आधारमा नौला कुरालाई नपत्याउनु हुने रछ त? बुवा,एक्चुअरी विश्वबजारमा नै एकदमै 'अचाक्ली' माग भएको पेशा हो र आउँदो दशकसम्म एक्चुअरिको डिमान्ड झण्डै वार्षिक १८ प्रतिशतले बढ्ने अध्ययनहरुले देखाउँछन्। नेपालमा एक्चुअरिहरुको एकदमै कमि छ जसकारणले गर्दा विभिन्न संस्थाहरुले वार्षिक १० अर्ब हाराहारिको रकम विदेशी एक्चुअरीहरुका खल्तिमा सुम्पिन बाध्य छ्न् । तसर्थ नेपाली बजारमा अत्याधिक माग छ यसको। अनि आमदको कुरा गर्ने हो भने कुनै पनि पेशाको आमद विषय विशेषको आधारमा नभएर व्यक्तिगत कार्यक्षमतामा नै भर पर्छ तथापी एक एक्चुअरीको आमद विश्वभरकै उच्च श्रेणिको हुन्छ भन्ने अन्तर्राष्ट्रिय तथ्याङ्गकले बताउँछ र वास्तवमा आमद पनि 'अचाक्ली' हुन्छ बुवा त्यसमा दुईमत छैन!
बा,सुक्ष्म हिसाबमा बुझ्दा त अत्यन्तै जिम्मेवारीपूर्ण र उच्चस्तरीय विषय रहेछ 'एक्चुअरीयल साइन्स',उहाँको निर्क्यौल थियो। बुवालाई छर्लङ्ग पारेर बुझाउँदा बुझाउँदै मेरो स्टेसन नि आइसके छ। "ल त जेन्टलम्यान,गूड बाई",भन्दै बुवाले फेरी मधुमुस्कानका साथ बिदा गर्नु भो।
Please