दाजु अनि म
-
- 0 Share
- 1330 Views
दाजु अनि म
दाजु हेरत, तिहार पनि आइसकेछ,
हेरत आँगनमा तिम्रा लागि भनेर रोपेको मखमली फूल ढपक्कै फुलेछ,
सप्तरंगी टिका तिम्रो निधारमा सजाउनु छ,
लक्ष्मीपूजा गरेर देउसीमा रमाउनु छ ।
शान्तिको कामना गर्दै घर फूल र दिपले सजाँउला,
तिमी र म मिलेर काग, कुकुर अनि गौमाताको पूजा गरूँला,
सहअस्तित्व, सद्भाव र मेलमिलाप सहित,
सुख, आनन्द र खुसीयाली साँटुला,
पारिवारिक पूर्नमिलनको तेल शान्तिको दियोमा बाल्दै,
सफा आकाश, धर्ती, फुलैफुलले ढाकेको परिवेश अङ्गाल्दै,
आडम्बर, झैझगड़ा र विकृति त्याग्नु छ,
सामाजिक, सांस्कृतिक र धार्मिक बाटो सम्हाल्नु छ ।
तिम्रा हरेक इच्छा पूरा हुन् भन्ने मेरो चाहना,
तिम्रा सम्पूर्ण सपना पूर्ण हुन् भन्ने मेरो चाहना,
दाजु अनि म मिलेर धनधान्य कि देवी लक्ष्मको पूजा गरुँला,
मिलिजुली चाड मनाई तिहारको गरीमा उच्च राँखुला,
प्रेम उल्लास बढाउँदै, आनन्द सम्हाल्दै,
झिलिमिलिमा रमाउदैं, सेलरोटि पकाउँदै,
यो भाइटिका ले सहअस्तित्व र सद्भावको भाव समेटोस्,
यो तिहारले सहिष्णुता र मेलमिलापको जरा समातोस्,
यो चाडले हामीमा उमंग भरोस्,
तिमी र म बिच खुसीयाली ल्याओस् ।
- Kopila Dhungana
Please