जहिले किन भेदभावको झगडा ?

म नेवारलाइ नेवार भन्दा मेरो शिर उच्च हुन्छ किनकी म धेरै माया, इज्जत दिन्छु मेरो जातलाइ र गौरब नि लाग्छ,तेसैगरु बाहुनलाई बाहुन भन्दा, अनि छेत्रीलाई छेत्री गरि मधेसी, थारु याबद।हाम्रो समुदायमा जुन कामी दमाई सार्किले गर्छन् त्यो हामिले नि गर्छौ। हामिलाइ त गौरव लाग्छ। अझै अहिले त सबैले गर्छन् । आफ्नो जातलाई जब सम्म आफैले माया नगरि हेला गर्छम नि अनि आफैले म सानो छु म यो समाजमा मिलदिनकि भन्ने भावना राख्छम नि तब सम्म कुनै पनि परिबर्तन आउदैन कतै पनि।कैले कतै पुरानो सोचाइको बुढाबुढिलाई परिवर्तन हुन समय लाग्छ तर अहिलेको जमानामा भेदभाव भन्ने धेरै कम छ।

र यो कुरा पनि साचो हो कि आफ्नो  स्वर्थको लागि छ भने पदका काेटा, पढाइको काेटा, याबद कुरा मा म सानो जात भनेर अगाडि आउछौ र कम उतृणलाई नि अगाडी पुराउदा त केही भन्दैनौ। तर केही ब्यक्तिले अरु कुरा छ भने म यस्तो भएर मलाई हेपियो भनेर हिड्ने त्यो राम्रो हैन। आफुलाइ आफुले हेप्छौ, आफुले आफैलाइ घृणा गर्छौ भने अरुले तपाइँलाई नगर्ने भन्ने हुन्छ र? अनि कति सम्म भेदभावको झगडा सुन्न पर्ने? भेदभाव भावना आफैंले रोक्ने हो। अफ्नो स्थान आफैंले जोगाउने वा समाल्ने हो। अरुले तपाईंलाई कसरी के गर्छन् भन्नेलाइ फोकस गर्नु सट्टा आफुलाइ कसरी राम्रो बनाउने मा लाग्दा उत्तम हुन्छ। भेदभाव सोचले भको हो कामले जात ले होइन। आफूलाई आफैले कम्जोर ठान्नु भएन ।

 हामी सबैको सोच बदलौ। एक अर्कोलाई साथ दिउ।