छोरी सुलोचना
-
- 0 Share
- 1697 Views
कलम र महिला मिले समाज परिवर्तन हुन्छ अरे
छोरी सुलोचना समझेर आज लेख्ने रहर गरे
एकदिन पछ्उरी तानिन हडबडाउदै, देट्टोल मागदै
सुरूवालका राता टाटाहरु देखाउदै
खुसी थिए छोरीले मातृत्व धान्न योग्य भएकोमा
अन्योल थियो मन कसरी बझाऊ भन्ने कुरामा
“यत्र नारी अस्तु पूजन्ते रमन्ते तत्र देवता” भनेको आवाज आगँनमा सुने
छोरीभने बन्द कोठाबाट चियाएको देखें
स्तब्द छन् कति देवी थुनिएका छन् मंदिरमा
बिश्वास गरेका छन् नदेखेको शक्तिमा जीवित स्वरूप भन्दा
गाऊँघरमा परम्परा विरोध गई घरमा राखेको भनियो
छोरीलाई गोठमा राख्ने भन्दा मननै रेटीयो
छातिमा टासेर राख्दा पनि धित नमर्ने मेरी छोरी नछुने भनियो
सहरका हरेक घरमा पनि छौपडी हर घरमा थियो
भगवानले भाग्यमाथी खेले, समाजले स्वास्थ्य संग
कसरी येस्तो अवस्थामा एक्लै बस्लि भनेर बसे उनीसंग
खरानी, पात, जस्तो पायो तेस्तै कपडा दिए
दुइछाक नपुग्ने हाम्रो गाऊँमा सबै गरिब थिए
ऊहाँहरुले देउता रिसाऊँलान् भनेर बचाएको भने
तर मेरी छोरीलाई उनीहरूले नै मारेका थिए
उनको प्रजनन अंगले अब सहन सक्दिन भन्यो, मन थाक्यो
हो, वीष बर्षको उमेरमा पाठेघरको रोगले उनको ज्यान लियो
रक्तदान पवित्र, पुरुषले बगाएको रगत पुरुषार्थ
तर महिलाले बगाएको रगत अपवित्र?
त्यही रगतले हुरकाएको पितृसत्तामा मेरी छोरी बन्द कोठा भित्र?
के अंधविस्बास, मेरो छोरी भन्दा महत्वपुर्ण थियो?
Please