आखिर दोषी को ?
-
- 0 Share
- 1918 Views
“आज श्यामको घरमा भोजन छ, जान्छस होला नि । खाना पकाऊँदिन म तलाईं, येसै नि खाना एक छाकदेखी दुई छाक खान पुगदैन । तेत्रो विधि सामाग्री , हाम्रो घरतिर बिहेतिर हुने जत्रो, सृंगारपनि उत्तिकै, जजमान गर्न आउने बाउनपनि कती मक्ख पर्दो हो, येस्तो ख़ातिरदारी पाउदा । घर वरिपरी बरिस्ठ गाडी छन्, हेर्दै जादा मेरो नजर मिसठान्न परिकारमा पुगे र टिका पछाड़ी दिएको सयको नोटमा । यति पैसा साधारण पुजामा पाऊँन मेरो लागी ठुलो कुरा हो । म त्यस घरमा जन्मिएको भए दशैंमा कती पाउथे होला है !
... आमा भंदै हनहुँथ्यो, “ भगवानलाई खुसी राखेको छ, पितृलाई खुसी राखेकोछ, बाहुनलाई समान प्रसस्त देको छ, पूजायज्ञ हप्तैपिछे गरेको छ, बृद्ध आश्रम, अनाथआश्रम पुगेर सेवा गरेका छन्, नगएको धार्मिकपीठ बिरलै होलान् । आफु भने सेवाको भावना हुदाहुदै पनि आँट आऊदैन, पैसा भए पो आँट आऊदोरैछ, एउटा पुजा लगाऊँछु भनेको पनि दुई वर्ष भयिसकेछ, देउतालाई भाकल पगिसक्यो होला, देउता रिसाईसके होलान ।
आज महिनापनि धान्न नसक्ने ज़्याला थापेर फरकिदै गर्दा पशुपति देखें । सायेद आमाले त्यो पुजा लगाऊन नपाएर मेरो घरमा देउताको कृपाद्रिस्िट कहिले नभएको होला ।
धनीमानीले समय पनि आफ्नो मुट्ठीमा पारन सक़्दा रहेछन । श्याम काकाको श्रीमतीको सल्यक्रिया ज्योतिस विध्या अनुसारको सुभ साईतमा गराइएको रे त्यसैले सायेद आज ऊ बरिस्ट जागीर खादै छ बुवाको भनसनले गर्दा ।
बिगतलाई समझीदा मलाई याद छ, श्याम काका न कुनै व्यापारी थिए न हनेखने, एक साधारण सरकारी कर्मचारी थिए । भंसारमा सरूवा हुनुअघी जीवनशैलीमा चाखलाग्दो केही थिएन । त्यसपछि काका एक्कासी ‘अंकल’ हूनुभयो, घरका परिवारको बोलिचाली, रहनसहन सबै बद्लियो ।
पैसा भंने चीज सारै सजिलो बनाउने रहेछ, पानीमा नहाएपछि भ्रष्टाचारको स्रोत तेही डुब्दो रहेछ, बाहुनलाई दक्षिणा दिएपछि सम्पती शुद्धीकरण भएहाल्ने रहेछ, बृधआश्रम धाऊँदैमा ‘महात्मा’ भईने रहेछ ।
सार्वजनिक गाडी बाट उत्रिदा श्याम काका चौकको छेउको पसलमा कुरा गरदै हनहुँथ्यो, “ नेपाल बिगारेको बिदेसीले हो, नेपाल लुटेको बिदेसीले हो” अनि निकाल्नु भयो भंसारमा हुदा टेबलमुनि कारोबार गरेको नगद । मनमा प्रश्न उठ्यो अखिर बेलायत नेपाल प्रवेश गर्न पाएन आखिर देश कस्ले लुट्यो ? ऊहाको बरिस्ट छोरापनि कुनै विदेशी संग भन्दै होला , “ नेपाल एक गरीब देश हो, तर मलाई येस्को माया लाग्छ ।”
Please