उँचे घर वाली हो या गलियों की रानी...

"हुस्नका कोइ बेमिसाल जाम था उनकि निगाहोँ मे, उन जामोँको सिर्फ दूरसे हि चख्ने(देख्ने) से अल्लाह मौला!!, मे सुर्ख लाल होजाता था!", यति सुनेसी मनमनै गमेँ "सुर्ख लाल" के भनेको होला त... गमि नसक्दै जनाबले,"बेटा त्यो भनेको तिम्रो भाषामा रातोपिरो हुनु हो" भनेर बिडिको धुँवाले एल्लोइस भएका दाँत प्रदर्शन गरेर खि:खि:खि: गर्दै मुस्कुराए! उनको हसाँइको पारा नै त्यस्तै थियो खुलेर नहास्ने, घाँटिबाट अजीब अलि दबिएको आवाज निकालेर।

जामे मस्जिद नेर उनको सानो घुम्ती छ, मभन्दा धेरै पाका भएनी उनलाई सबैले जनाब भन्छन् अनि मैले नि त्यही सिको गरेको! उनी घुम्तिमा रजनिगन्धाको फूल अनि इत्तर आदि बेच्छन्। रजनिगन्धा...बास्नै राजसि लाग्ने आफूलाई! साउनको मासमा भोलाजीलाई गदगद पार्न त्यही फूलको भेट चढाउँछु, म जस्तै उहाँलाई नि मन पर्दो त होला नि खै!एकदिन वाल्क गर्दै उनिकहाँ पुँगे अनि सानो मुठो रजनिगन्धाको फूल प्याक गर्न भनेँ। "हँ बेटा,तिमिलाई भोलाले यहि रजनिगन्धाको कलि(कोपिला) जस्ती बेगम दिउन् भन्ने आशामा यो सब गर्छौ हैन, मलाई थाहा छ नि सब!", खि:खि:खि: गर्दै जिस्काँउने उनी सधैँ। योपल्ट नि त्यस्तै..."हैट तेरिका! जनाब पनि खाली.......", म रिसाँएझै गरेँ अनि बेटा मजाक हौ भनी खि:खि:खि: गर्दै फकाए।

के ताल परो, कहिँ नभाको गाढ्गङ्गा मुसलधारे पानी दर्किन लागो एक्कासि । छातासाता नबोकी हिँडिएको थिइयो अब त्यही घुम्तिमा ओत लागेर पानी रहुन्जेल कुर्नुको विकल्प थिएन।त्यहाँ धुम्धुम्ति बस्नु भन्दा त बरु जनाबसँग बात मारुँ मारुँ जस्तो लागो। अनि बुढापाकाको पारामा अनि जनाबको पूर्ख्यौली थलो कता हो? भनी सोध्दा उनले काश्मिर हो बेटा काश्मिर भन्दा भए। बा...काश्मिर!! अनि त्यस्तो जन्नत जस्तो ठामलाई छाडेर...किन? म छक्क पर्दै सोधेँ।"बेटा बहुत लामो...कहानी छ",उनले भन्दा मैले,"यो बेटालाई सुनाउन मिल्ने भए ..." थपेँ।उनले थपे,"अरे के सुनाउनु बितेका कुरा...भूतले त तर्साउँछ मात्र, छाडिदेउ बेटा"।अब आफूलाई कहि नभाको खुल्दुली भैराको,"ठीक छ,ठीक छ"  अलि सन्किदै भनेँ। जनाबले हैन हैन बेटा म सुनाउछु तिमी बस भनी एउटा चकटी ओछ्याए! झरी रहने छाँट्काँट थिएन!

तिम्ले बुझ्नेगरी भन्दा काश्मिरको खानदानी परिवारको एउटै चिराग थेँ म,सबको आखाँको नानी।अब्बु महशुर व्यपारी हुनुन्थ्यो। सामाजिक अनि राजनितिक छवि निकै उँचो उहाँको।यतिसम्मकि महिनामा २/४ पटक रोयल वाजवान(वाजवान भनेको काश्मिरी बिहेहरुमा मात्र लगाइने महा-महाभोज हो, कैयौं कैयौं परिकार दाउरामा पाक्छ्न् ,यतिसम्मकि पोहोर परार काश्मिरको सरकारले यस्तो खर्चालू आयोजना गर्न प्रतिबन्ध समेत लगायो)को आयोजना हुने हाम्रामा। म तिन तिँहा नौ छ्क्क परेँ! घरमा सबै फर्निचर चन्दन अनि अगारवूडका थिए।साथिभाइको जम्घट हुँदा अब्बु,"खुदा पे छोडा...कभी दुवा नहि मागाँ!,खुदा पे छोडा...कभी दुवा नहि मागाँ! जित्ना कमाया उत्ना खर्च भि किया..जित्ना कमाया उत्ना खर्च भि किया...नोँटो पे हम्ने कभी रबर नहिँ बाँधा!" भनि रवाफ लाउनुहुन्थ्यो,जनाबले कस्तो खुसी भर सुनाए!बहुत सौखिन उहाँ। मलाई त्यस बखत लण्डनमा पठाएर एम.बी.ए. गराएर उहाँकै व्यपार सम्हालोस् भन्ने थियो उहाँको महत्वाकांक्षा।तर मैले थाहा पाएदेखि नै "खानदान"को मानको कुरा गर्ने उहाँ!

बेटा अनि इन्टर्मेडिएट गर्दागर्दै ठिटाउलो बेला एउटि काश्मिरको कलिमाथी करस् परो मेरो, उनले थपे! म भने अन्द्रासन्द्रा बटारिने गरि हाँस्न थालेँ, जनाब करस् हैन क्रस हो क्रस! अँ बेटा जे भएनी बुझ्यौ नि, उनले थपे!एक्कासी प्यार मोहब्ब्तको कुरा गर्यो जनाबले भन्ठान्या हौला तर यहि नै मेरो जीवनको आधार पनि त हो। आफूलाई भने कुनै फिलिमको स्कृप्ट सुनेझै भान भैरा'को!

बेटा...बेटा..."हुस्नका कोइ बेमिसाल...." भन्दै मुस्कुराए। इन्साअल्लाह! तिनको अनुहारको नूर, तिनको चालढाल,तिनको बेमिसाल अन्दाज,तिनको नजरको बयान त मैले गरिनै सकेँ ,म सुरताल सब गुमाउँथे।"आई वाज इटर्नल्ली एण्ड इन्टर्नल्ली इन लभ विथ हर", अङ्ग्रेजीमा पूरा दार्शनिक डायलाँग मारे! त्वचा/जिस्मको लोभमा रतिपनी मेरो माया थे'न! इधर सिधै इधर,छातिमा इन्कित गर्दै ,लजालु पारामा जनाबले, कुछ कुछ बहुत कुछ होता था भने।अब त उनलाई सम्झिदा  कस्तो कस्तो काउकुती लागेर आउने भैसकेको थियो! अघि भनेझै जनाब सुर्ख लाल भए। उनको तर्फबात नि "हाँ" आवोस् ,बहुत इज्तेरार थियो मलाई। उनले जुन अन्दाज अनि हाउभाउका साथ बयान गरे नि म निशब्द...

मैले ठाँने उनको राय सोध्नुपर्छ अब त। तर...तर... अब्बुको "खानदान"को के?...! मेरो पाक़ीज़ा(चोखो) मोहब्बतका अघि त्यस्को कुनै स्थान थिएन तर नि मेरी उनलाई कसरी सोधूँ,चित्त छिया छिया भयो भने के? तर एकपटक त सोध्छु।  एकमुठो गुलाब खरिदेर दङ्ग पर्दै उनिकहाँ पुगे । उनी सेतो बुर्काम ...उनको दर्शन पछि ,ए चाँद ल हेर्त! तँ फेल आज मेरो नूरिको अघि...मैले मनमनै बयान गर्देँ! मैले नहिच्किचाइ,"मेरा इश्क मन्जुर?" भनी गुलाब दिँदै सोधेँ। उनले पिलपिल गर्दै मुस्कुराएर टाउको हल्लाएर कबुल! म नि किन हो पिलपिल गर्न लागेँ,छ्या रालसिँगान नै भको थेँ,जनाब भक्कानिँदै आँखाभरी पार्दै मस्के! अब अर्को कुरो नि सोध्नु थियो तर सारा जिउ सितङ्ग भयो सोधुम भन्दा। आँट गरे तर नि हिच्किचाउँदै सोभर पारामा सोधेँ, "उँचे घरवाली हो या गलियों की रानी"? उनको उत्तरसँग मेरो प्रेमको कौनै सरोकार थे'न तथापी अब्बुको मान राख्न...उनले भक्कानो छोडिन्,मलाई चिसो...पसो मनमा! कस्तो हच्किँदै "गलियों कि रानी" भन्दै उनी त्यहाँबाट हिनताबोध गरि रुँदै नबोली निस्किन लागिन्।मेरो कौनै इरादा थिएन उनलाई हिनभाव चिताउने! त्यस्तो नूरी मुहारमा बरररर आँसु खसाले मैले, बडो गल्ती गरेँ। मैले उनलाई समाउँदै सब कुरा सम्झाएँ तर नि घुँक्कघुँक्क गरिरहिन। थु! मलाई...।

मेरी रानिलाई सम्झाबुझा गरि घर फिरेँ।ओफ् इश्क कबुलेको पहिलो दिनमै यस्तो सारै नमज्जा लागेर आयो! घर पुगेसी अब्बुसँग बडो नरम भ'र सोँधे,कि "खानदान"को मान नराखे  के हुन्छ अब्बु ? अब्बुले भृकुटी खुम्च्याउनु भो अनि, रेला भन्ठानेर वास्ता गर्नु भएन...मैले सब वस्तविकता ओकल्देँ आवेशमा। सिधै कठालो च्यप्प समातेर एक शब्द नकही घरबाहिर घचेडे!लौ!! त्यस्तो घीन एक्कासि ममाथि!? मलाई लाग्यो वाह्! कति प्रीय अब्बुलाई उनको "खानदान", मभन्दा प्यारो!यस्तो आक्रोश!! मैले केही नाप्ने रहेनछु अब्बु।जे हुनु भैहालो तर अर्को डर थियो अब भोलि अब्बुको आवेश अनि क्रूरताले त पक्कै उनिलाई खतरा हुन्छ।खुदालाई याद गरेँ, रातिनै उसलाई लियेँ ट्रेन समातेँ। उपरवालाको खेल कताबाट कता यहाँ आइयो,बहुत बहुत पीडा भोग्यौँ तर खैर एकाअर्काको सानिध्य रह्यो जीवनभर र त्यही खोज्या थिम हामीले नि ! अहिले यहि घुम्तिले गर्जो टर्छ बेटा...सगरको पानी रह्यो ...मेरा आँखाबाट पानी दर्किन थाले, झ्याप्प अङ्क्माल गरे जनाबलाई! जन्मेर यत्रो ज्यान भैसक्दा प्रेमप्रतिको यस्तो निष्ठा सुन्या/जान्या थिइन मैले!

त्यसै बखत एकजना आमै थर्मस लिएर आउनु भयो सेतै बुर्कामा। जनाबले उनलाई इङ्गित गर्दै, उसले आफूलाई "गलियोंकी रानी" भनी त्यो दिन , म नि उसका लागि त्यो जन्नततुल्य ऐसोआराम त्यागेर  "गलियों का राजा" बनिदिएँ, उसकै लागि! तर बेटा एक रति अपशोच छैन,प्रेम अमर रहनुपर्छ!बस् प्रेम अमर रहनुपर्छ बेटा...प्रेमको निम्ति जनाबको समर्पण... भोलालाई अर्पिन खरिदेको रजनिगन्धाको मुठो तिनै जोडिलाई अर्पण गरेर म बिदा भएँ!