Flake out

मेरा ती साना पाइला चढ्नुपर्ने त्यो ठाडो उकाली

बतासले छेकेको त्यो शिखर

अनि चुनौतीको आँधीले पेलिएकी म

हर अवस्थामा नबीनता खोज्थे

 

एक पछि अर्को चट्टान मैं माथी खस्न थपियो

मपनि के कम, ती चुनौती शिर टेकि मार्ग बनाए

म थकित शरीर र दिलको चर्खामा किचिएकी 

ति भावहरु समेटेर थकाई मारे

 

कोमल यो मेरो मुटुलाई सान्त्वना दर्शन

आँशुका मोती बगे

अनि दरिद्रताको नजर पर्यो

चिहाउने र सौन्दर्यमा भट्टकिनेहरु

 

मै तर्फ आकर्षित भए

म निर्दोष केबल ‘समाज’लाई मेरो सुरक्षा कवज समझिन्थे

तर आज सोही समाज नै मेरो इज्जत हर्ने भयो

आश अझै मरेको थिएन

 

एकोहोरिएर समाजका मनुष्य भनौदा त केबल

खट्टा तान्न बसेका रहेछन् 

लाग्यो कि म हारिसके

अब मेरो जिम्मा लिन मै नसक्ने भैसके

 

मौसम खराब हुदै गयो

पानी दर्कियो र त्यो पानीले 

आत्माका रोदन पखालिदियो

 तर वातावरण कालोनै थियो

 

“म परास्त भई सकेको छैन”

भनी मुटुलाई दर्हो बनाए

जब स्वजनकै हात येति नमिठो हुने गर्दछ भने

कस्को विश्वास गरी साद्धहे?

 

चुपचाप त्यो कालो बादल बोकेर अघि बढे 

मन भारी थियो मानौं हजार तिर मलाई घोचेजस्तो

नजरको तिर, छुवाईको तिर, भनाइको तिर

अनि गिज्याएको तिर

 

कुन अंग रोएको थिएन र?

आशु बगिरहे पनि अनावृष्टि छाएको थियो

समाप्त थिएन यो

अझै भोगाई र पात्रहरू थपिन बाँकी थिए

 

संसार बुझ्न ऊ सानै थिई

केबल संसारले उसलाई चिन्दथ्यो।